गुगलले कृत्रिम मस्तिष्क तयार पारी सबैलाई अचम्ममा पारेको हो । १६ हजार कम्प्युटर प्रोसेसर तथा एक अर्ब भन्दा बढि कनेक्सनको सहायताले कृत्रिम मस्तिष्क तयार पारिएको हो ।वैज्ञानिक जेफ डिनको नेतृत्वमा रहेको टोलीले यो कृत्रिम मस्तिष्क निर्माण गरी त्यसको सफलतापूर्वक परीक्षण समेत गरेको छ । परीक्षणको क्रममा उक्त मस्तिष्कले कैयौँ भिडियोबाट बिरालोको पहिचान गर्न सफल भएको थियो । यो कृत्रिम मस्तिष्क मानव मस्तिष्क जस्तै विभिन्न घटनाक्रमबाट उच्चस्तरीय विचार मन्थन गर्न तथा घटनाक्रमको मुख्य विषय छनोट गर्न सफल रहेको बताइएको छ । कृत्रिम मानव मस्तिष्कको निर्माण प्रविधिको क्षेत्रमा निकै ठूलो उपलब्धी रहेको बताइएको छ ।
No comments:
Post a Comment