विश्वको चौथो ठूलो कम्प्युटर निर्माता कम्पनी एसरले कम्प्युटर
हार्डवेयरको क्षेत्रमा एप्पलसँग जोरी नखोज्न र सफ्टवेयरकै क्षेत्रमा ध्यान
केन्दि्रत गर्न माइक्रोसफ्टलाई सल्लाह दिएको छ ।
एप्पलको आइप्याडलाई चुनौति दिन भन्दै नयाँ ट्याब्लेट सार्वजनिक गरेको
माइक्रोसफ्टलाई एसरले यस्तो सल्लाह दिएको हो । एकदुइ प्रडक्ट बजारमा
ल्याउँदैमा माइक्रोसफ्टले एप्पलसँग प्रतिस्पर्धा गर्न नसक्ने एसरको भनाइ छ ।
आफ्नो सफ्टवेयर पार्टनर समेत रहेको माइक्रोसफ्टलाई एसरले यस्तो सल्लाह
दिनुलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।
एसर कम्पनीका वरिष्ठ उपाध्यक्ष ओलिभर अहरेन्सले माइक्रोसफ्टले एप्पलका
केही रणनीति चोर्न खोजेको भएपनि ऊ सफल हुनेमा आशंका रहेको बताए । केबल २
वटा प्रडक्ट बजारमा ल्याउँदैमा हार्डवेयरको खेलाडि बन्न नसकिने उनको भनाइ छ
। बजारमा ल्याउन थालेको विन्डोज ८ लाई कसरी उपभोक्ताहरुको बीचमा लोकपि्रय
बनाउने र उपभोक्ता चाहना अनुसार ढाल्ने भन्ने कुरातर्फ नलागी नयाँ
युद्धमैदानमा माइक्रोसफ्ट उत्रिएकोमा पनि उनले दुख व्यक्त गरेका छन् ।
No comments:
Post a Comment