Tuesday, June 26, 2012

ककटेलमा दिपिका निकै बोल्ड

बलिउड अभिनेत्री दिपिका पादुकोणलाई फिल्म ककटेलको प्रोमोमा देखेर सबै आश्चर्यमा परेका थिए । किनकी उक्त प्रोमोमा दिपिका निकै नै हट रुपमा प्रस्तुत भएकी थिइन् । प्रोमोमा मात्र होइन पूरै फिल्ममा नै दिपिकालाई अति नै बोल्ड अवतारमा देख्न पाइने बताइएको छ  ।
वास्तवमा लेखक इम्तियाज अलीका लागि यो फिल्म निकै नै स्पेशल रह्यो । यो फिल्मको कथा लेख्ने समयमै उनले दिपिकालाई हिरोइन बनाउने कुरा मनमा साँचेका थिए ।
इम्तियान चाहन्थे की ककटेलमा दिपिका मिराको भूमिकामा नभै वेरोनिकाको भूमिकामा प्रस्तुत हुनेछिन् । उनको ककटेलकी मिरा, यसअघिको फिल्म लव आजकलकी पात्र मीराकै भूमिकासँग मिल्छ, जसमा पनि दिपिका नै खेलेकी थिइन् ।
फिल्म निर्देशक होमी अदाजानियासँगै इम्तियाज मिरा र विरोनिका दुवै भूमिकामा एक रोजाउन भन्दै दिपिकासँग गए । दिपिकाले पनि अलीको मनोभावना बुझ्दै विरोनिकाकै रोल रोजिन् ।
फिल्म ककटेलमा दिपिकाले विरोनिका पात्रलाई निकै नै न्याय गर्दै हदैसम्म बोल्ड बनेको बताइएको छ । तरपनि उनी कत्तिसम्म बोल्ड बनेकी छिन् भन्ने कुरा यो फिल्म प्रदर्शनमा आएपछि थाहा हुनेछ । यो फिल्ममा दिपिका सँगै रनदीप होडा, डिम्पल कपाडिया लगायतको भूमिका रहनेछ । यो फिल्म आउँदो जुलाई १३ मा रिलिज हुनेछ ।

No comments:

Post a Comment