
चीनले पहिलोपटक आफ्नो एक मावनयुक्त अन्तरीक्षयानलाई निर्माणधिन अन्तरिक्ष प्रयोगशालासँग आबद्ध गर्न सफल भएको हो । केही दिनअघि प्रक्षेपण गरिएको शेन्जो-९ नामको मानवसहितको अन्तरीक्षयानलाई तियांगोङ अन्तरीक्ष प्रयोगशालासँग डकिङ (संयोजन) गरिएको हो । स्मरण रहोस् सन् १९६० को दशकमा अमेरिका र रुसले यस्तो सफलता हासिल गरिसकेका थिए ।
अन्तरीक्ष स्टेशन बनाउने चीनको प्रक्रियामा यो कदम निकै महत्वपूर्ण मानिएको छ । चीनले सन् २०२० सम्ममा अन्तरिक्ष स्टेशन बनाउने तयारी गरिरहेको छ ।
अन्तरीक्ष प्रयोगशालासँग आबद्ध भएको उक्त अन्तरीक्षयानमा चीनकी पहिलो महिला अन्तरीक्षयात्री लिओ येंग तथा अन्य दुइ यात्री जिंग हाइपेंग र लिओ वैंग छन् । डकिङको प्रक्रिया सफल भएपछि तिनै जना मुस्कुराएको दृश्य चिनिया सरकारी टेलिभिजनले प्रशारण गरेको थियो ।
No comments:
Post a Comment