Tuesday, June 26, 2012

लोडसेडिङ दैनिक एक घण्टा घट्यो (तालिकासहित)

१२ असार, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले वुधवारवाट लागु हुने गरी लोडसेडिङ केही घटाएको छ । प्राधिकरणका अनुसार अब वुधवारवाट दैनिक एक घण्टाका दरले घटेर दैनिक ५ घण्टामात्रै लोडसेडिङ हुनेछ । हप्तामा ४२ घण्टा हुदै आएको लोडसेडिङ अब हप्तामा ३५ घण्टामात्रै हुनेछ । वर्षासंगै नदीमा पानीको वहाब बढेकाले लोडसेडिङको समयावधि केही हेरफेर गरिएको हो ।
 प्राधिकरणका अनुसार खपत भन्दा अझै ३ सय ७० मेगावाट बिजुली आपूर्ति कम भएकाले लोडसेडिङ पूर्णरुपमा हटाउन नसकिएको हो । विद्युतको माग माग ९ सय ६० मेगावाट भएपनि ५ सय ९० मेगावाट मात्र अपूर्ति भइरहेको प्राधिरणले जनाएको छ ।

No comments:

Post a Comment