Thursday, June 28, 2012

गुगलले पनि ल्यायो ट्याबलेट

विश्वको सबैभन्दा ठूलो इन्टरनेट कम्पनीमध्येको एक गुगल अन्ततः ट्याब्लेट मार्केटमा पनि प्रवेश गरेकेा छ । माइक्रोसफ्टले ट्याबलेट सर्फ]{ सार्वजनिक गरेको केहीदिन पछि नै गुगलले आफ्नो ट्याब्लेट नेक्सस ७ लञ्च गरेको हो । बुधबार गुगलले आफ्नो वारि्षक कार्यक्रमका दौरान यो ट्याब्लेट सार्वजनिक गर्यो ।
के के छन् नेक्सस ७ का विशेषता ?
· यो ट्याब्लेटको ७ इन्चको स्त्रिmन तथा १२८० गुणा ८०० पिक्सल्सको रिजोल्यूसन छ ।
· १.३ गिगाहर्जको टेग्रा प्रोसेसर
· १ गिगाबाइट्सको र्याम
· ८ गिगाबाइट्स देखि १६ जिबी सम्मको स्टोरेज मेमोरी उपलब्ध ।

गुगलको यो ट्याब्लेट एन्ड्रोइड अपरेटिङ सफ्टवेयरको लेटेस्ट भर्जन ‘जेली बिन’ बाट चल्छ ।
नेक्सस ८ जीबी मेमरीवाला मोडलको मूल्य १ सय ९९ अमेरिकी डलर तोकिएको छ । एप्पलको आइप्याड तथा अन्य कम्पनीका ट्याब्लेटको तुलनामा गुगललको नेक्ससको मूल्य निकै कम मानिएको छ ।
ट्याब्लेट बजारमा गुगलको इन्ट्रीले ट्याब्लेट उत्पादकहरुबीच ठूलै प्रतिस्पर्धा हुने पक्का छ । तर ट्याब्लेट बजारमा एकाधिकार जस्तै जमाइरहेको एप्पलका लागि गुगलको प्रवेश मुख्य चुनौति भने बन्न नसक्ने विश्लेषकहरुकेा भनाइ छ । एप्पलको लागि नभएर अमेजनको किन्डल फायर ट्याब्लेटका लागि गुगलको इन्ट्री सबैभन्दा ठूलो चुनौतिको रुपमा लिइएको छ ।

Wednesday, June 27, 2012

कतै नाङ्गिदै, कतै ढाक्दै (फोटो फिचर)

केही वर्ष अघि भारतीय टेलिभिजनमा एउटा सिरीयल प्रशारण हुने गर्दथ्यो, ‘जस्सि जैसि कोई नही’ ।उक्त सिरीयलकी मुख्य पात्रको वनावट र अनुहार निक्कै रोचक थियो ।
झरनाको यो भुमिकाको वारेमा सोध्दा निर्माता करण क्रेजीले अहिले नै केही नवताउने वताए । करण क्रेजीको निर्माणमा तयार भएको यो चलचित्रलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा यी दुई कलाकारको साथमा निर्माता करण क्रेजी, दिक्षा कुवरको पनि अभिनय हेर्न सकिन्छ । चलचित्र ‘ओम’ भदौको पहिलो सातावाट प्रदर्शनमा आउने भएको छ ।



Tuesday, June 26, 2012

सबैभन्दा आकर्षक वक्षस्थल भएका हलिउडका हिरोइनहरु

हलिउडको इतिहासमा सबैभन्दा आकर्षक वक्षस्थल भएकी हिरोइन को होलिन् ? सायद तपाइँको ध्यान अहिलेकै अभिनेत्रीहरु स्कारलेट जोहन्सन, केली ब्रुक, बियोन्स तिर जान्छ । तर यदि त्यसो हो भने तपाइँ गलत हुनुहुन्छ । हलिउडको इतिहासमा सबैभन्दा आकर्षक वक्षस्थल भएकी अभिनेत्रीको दौडमा मर्लिन मुनरोलाई कसैले जित्न सकेको छैन । निधन भएको ५० वर्ष भैसकेपछि मुनरोको यो उपाधि अझै कुनै हिरोइनले खोस्न सकेका छैनन् । १९५० को दशककी चर्चित नायिका मुनरो उनको आकर्षक वक्षस्थलकै कारण उतिबेला पनि सबैको आकर्षणको केन्द्र बनेकी थिइन् ।
हालै एक कम्पनीले गरेको सर्वेक्षणले हलिउडकी सर्वकालिक आकर्षक वक्षस्थल भएकी नायिकाको रुपमा मुनरोलाई नै पहिलो स्थानमा राखेको छ । आकर्षक वक्षस्थल भएका नायिकाको दोश्रो नम्बरमा अभिनेत्री होली विलोग्वी छिन् । त्यस्तै तेश्रो स्थानमा बेलायती नायिका एलिजाबेथ हर्ले, तथा चौथो स्थानमा केली ब्रुक परेका छन् ।
हलिउड इतिहासमा सबैभन्दा आकर्षक वक्षस्थल भएका सुन्दरीहरुको नाम यसप्रकार छ ः
१. मर्लिन मुनरो
२. होली विलोग्वी
३. एलिजाबेथ हर्ले
४. केली ब्रुक
५. सोफिया लोरेन
६. स्कारलेट जोहन्सन
७. क्रिस्टिना हेन्डि्रक्स
८. बियोन्स
९. किम कार्दाशिन
१०. डिटा भोन टिस

ककटेलमा दिपिका निकै बोल्ड

बलिउड अभिनेत्री दिपिका पादुकोणलाई फिल्म ककटेलको प्रोमोमा देखेर सबै आश्चर्यमा परेका थिए । किनकी उक्त प्रोमोमा दिपिका निकै नै हट रुपमा प्रस्तुत भएकी थिइन् । प्रोमोमा मात्र होइन पूरै फिल्ममा नै दिपिकालाई अति नै बोल्ड अवतारमा देख्न पाइने बताइएको छ  ।
वास्तवमा लेखक इम्तियाज अलीका लागि यो फिल्म निकै नै स्पेशल रह्यो । यो फिल्मको कथा लेख्ने समयमै उनले दिपिकालाई हिरोइन बनाउने कुरा मनमा साँचेका थिए ।
इम्तियान चाहन्थे की ककटेलमा दिपिका मिराको भूमिकामा नभै वेरोनिकाको भूमिकामा प्रस्तुत हुनेछिन् । उनको ककटेलकी मिरा, यसअघिको फिल्म लव आजकलकी पात्र मीराकै भूमिकासँग मिल्छ, जसमा पनि दिपिका नै खेलेकी थिइन् ।
फिल्म निर्देशक होमी अदाजानियासँगै इम्तियाज मिरा र विरोनिका दुवै भूमिकामा एक रोजाउन भन्दै दिपिकासँग गए । दिपिकाले पनि अलीको मनोभावना बुझ्दै विरोनिकाकै रोल रोजिन् ।
फिल्म ककटेलमा दिपिकाले विरोनिका पात्रलाई निकै नै न्याय गर्दै हदैसम्म बोल्ड बनेको बताइएको छ । तरपनि उनी कत्तिसम्म बोल्ड बनेकी छिन् भन्ने कुरा यो फिल्म प्रदर्शनमा आएपछि थाहा हुनेछ । यो फिल्ममा दिपिका सँगै रनदीप होडा, डिम्पल कपाडिया लगायतको भूमिका रहनेछ । यो फिल्म आउँदो जुलाई १३ मा रिलिज हुनेछ ।

मोबाइल, क्यामरा तथा ल्यापटप पानीमा भिज्यो भने के गर्ने ?

अहिले वर्षातको बेला छ । यो पानीको मौसमका धेरै फाइदा छन् । तर यो झरीको मौसमले तपाइँका ग्याजेटहरुको सुरक्षामा भने चुनौति पक्कै थपेको हुनुपर्छ । तपाइँका मोबाइल सेट, क्यामेरा तथा ल्यापटप लगायतका ग्याजेटहरुमा पानी पसेर बिग्रने खतरा निकै उच्च हुन्छ यो बेला ।
त्यसैले यो बेलामा आफ्ना हाते विद्युतिय सामानको सुरक्षामा चनाखो बन्नुपर्छ । हामीले आफ्ना ग्याजेटमा पानी पर्न नदिनका लागि भरमग्दुर प्रयास गर्दागर्दै पनि कहिलेकाहीँ दुर्भाग्यवश पानीमा पर्नसक्छ । त्यस्तो बेलामा ग्याजेटलाई बिग्रन नदिनका लागि निम्न उपाय अपनाउनु पर्छ ।
१. तपाइँको ग्याजेट चाहे मोबाइल फोन, ल्यापटप वा क्यामरा नै किन नहोस् यदि भिजिहाल्यो भने तत्काल स्विच अफ गर्नुहोस् र ब्याट्री निकाल्नुहोस् ।
२. मेमोरी कार्ड तथा सिमकार्ड लगायतका सामान पनि बाहिर निकाल्नुहोस् ।
३. ग्याजेटलाई हल्लाएर र झट्कारेर भित्र पसेको पानीलाई बाहिर निकाल्ने प्रयास गर्नुहोस् ।
४. बाहिर भागलाई सुख्खा बनाउनका लागि सुकिलो कपडा वा कागजले पुछ्नुहोस् तर खस्रो सामानले रगड्ने काम नगर्नुहोस् ।
५. ग्याजेटबाट ओसिलोपना हटाउन त्यसलाई एअर कन्डिसनरको नजिकै राख्नुहोस् तर पंखा वा हेयर ड्रायरको प्रयोग गरेर ग्याजेट सुकाउने प्रयास नगर्नुहोस् ।
६. सम्भव भए तपाइँको भिजेको मोबाइल, ल्यापटप वा क्यामरालाई केहीबेर धानको थुप्रोभित्र खुसाएर राख्नुहोस् यसो गर्दा चिस्यास सोसिन्छ । तर यसो गर्दा ग्याजेटमा धुलो र भुस पर्नबाट जोगाउनुपर्छ । केही घण्टा धानको थुप्रोमा राख्न सकियो भने चिस्यान पूरै सोसिन्छ ।
८. धान भित्रबाट ग्याजेट निकाल्नुहोस् । चिस्यान भए नभएको राम्ररी हेर्नुहोस् । कतै चिस्यान देखिएमा कान कोट्याउने बड अल्कोहल स्पि्रटमा चोपेर चिस्यान भएको ठाउँमा बिस्तारै दल्नुहोस् त्यसो गर्दा ओसिलोपना हराउँछ । त्यसपछि बिस्तारै आफ्नो ग्याजेटको स्विच अन गर्नुहोस् । उल्लेखित ८ तरिका अपनाएमा तपाइँको ग्याजेटलाई पानीले असर पूराउन पाउँदैन । तर भित्री भागमा धेरै पानी पसिसकेको वा पानीमा भिजेको लामो समय भैसकेको ग्याजेटका लागि भने यो उपाय कामयावी नहुन सक्छ । एजेन्सी

गुगलले बनायो कृत्रिम मस्तिष्क

प्रविधिको क्षेत्रमा इन्टरनेट कम्पनी गुगलले निकै चमत्कारिक उपलब्धि हासिल गरिरहेको छ । केही समय पहिले विचित्रको चस्मा तथा ड्राइभरविनाका कार बनाएको गुगलले अविश्वसनिय सिर्जना तयार पारेको छ ।
गुगलले कृत्रिम मस्तिष्क तयार पारी सबैलाई अचम्ममा पारेको हो । १६ हजार कम्प्युटर प्रोसेसर तथा एक अर्ब भन्दा बढि कनेक्सनको सहायताले कृत्रिम मस्तिष्क तयार पारिएको हो ।
वैज्ञानिक जेफ डिनको नेतृत्वमा रहेको टोलीले यो कृत्रिम मस्तिष्क निर्माण गरी त्यसको सफलतापूर्वक परीक्षण समेत गरेको छ । परीक्षणको क्रममा उक्त मस्तिष्कले कैयौँ भिडियोबाट बिरालोको पहिचान गर्न सफल भएको थियो । यो कृत्रिम मस्तिष्क मानव मस्तिष्क जस्तै विभिन्न घटनाक्रमबाट उच्चस्तरीय विचार मन्थन गर्न तथा घटनाक्रमको मुख्य विषय छनोट गर्न सफल रहेको बताइएको छ । कृत्रिम मानव मस्तिष्कको निर्माण प्रविधिको क्षेत्रमा निकै ठूलो उपलब्धी रहेको बताइएको छ ।

लोडसेडिङ दैनिक एक घण्टा घट्यो (तालिकासहित)

१२ असार, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले वुधवारवाट लागु हुने गरी लोडसेडिङ केही घटाएको छ । प्राधिकरणका अनुसार अब वुधवारवाट दैनिक एक घण्टाका दरले घटेर दैनिक ५ घण्टामात्रै लोडसेडिङ हुनेछ । हप्तामा ४२ घण्टा हुदै आएको लोडसेडिङ अब हप्तामा ३५ घण्टामात्रै हुनेछ । वर्षासंगै नदीमा पानीको वहाब बढेकाले लोडसेडिङको समयावधि केही हेरफेर गरिएको हो ।
 प्राधिकरणका अनुसार खपत भन्दा अझै ३ सय ७० मेगावाट बिजुली आपूर्ति कम भएकाले लोडसेडिङ पूर्णरुपमा हटाउन नसकिएको हो । विद्युतको माग माग ९ सय ६० मेगावाट भएपनि ५ सय ९० मेगावाट मात्र अपूर्ति भइरहेको प्राधिरणले जनाएको छ ।

Monday, June 25, 2012

धम्की दिने दिक्पालले माफी मागे

नायक राज घिमिरे लगायतका कलाकर्मीलाई फेसबुक र एसएमएस गरि धम्काउने कलाकार दिक्पाल कार्कीले आफुले गल्ती गरेको भन्दै माफी मागेका छन् । स्रोतका अनुसार उनले प्रहरीसमक्ष गल्ती भएको बयान दिंदै मेलमिलापका लागि राजसँग आग्रह गरेका छन् । सुरुमा बिनिताको उक्साहटमा आफुले म्यासेज पठाएको प्रारम्भिक बयान दिएका दिक्पालले अहिले साथीले आफ्नो फेसबुकबाट म्यासेज पठाइदिएको भन्दै बिनितालाई बचाउन खोजेका छन् ।
वुधवारदेखि हिरासतमा रहेका कलाकार दिक्पाल कार्कीलाई प्रहरीले १३ गतेसम्म हिरासतमा राख्नेछ । यो समयसम्म मेलमिलाप भएमा उनलाई रिहा गरिने छ । जिल्ला प्रशासनमा जरिवाना तिरेर दिक्पाल छुट्न लागेको स्रोतको दावी छ ।
राजले पनि दिक्पाललाई सुधि्रन मौका दिने सोंच बनाएका छन् । राजको ठम्माई छ- दिक्पाललाई उचाल्ने बिनिता नै हुन् ।
मलाई फसाइयोः दिक्पाल
तर, आइतवार अनलाइनखवरसँगको भेटमा उनले आफुलाई फसाउन खोजेको दाबी गरे । ‘मैले केही गल्ति गरेको छैन, मलाई फसाउन मात्र खोजिएको हो ।’- उनले भने- ‘मेरो नामवाट उज्ज्वलले म्यासेज गरिदियो ।’
यही काण्डमा मुछिएकी नायिका बीनिता वरालले भने राजले आफुसँग ‘चपलीहाईट’को रिस पोख्नका लागि षडयन्त्र रचेको आरोप लगाएकी छिन् । ‘चपली हाईट बीनीताको नामले चल्यो भन्ने वजारमा खवर गएपछि राजले आफु छायाँमा परेको महसुस गरेको थियो ।’ बीनिता भन्छिन- त्यसैको रिस फेर्न यो नौटंकी रचिएको हो ।
बिनीतिको आरोप त केसम्म छ भने- बिनीताले एक्साएर म्यासेज गरेको बयान दिएमा दिक्पाललाई छुटाउने र बिनीतालाई जेल हाल्ने आश्वासन दिएका छन रे ।
उनले भनिन्, उज्ववल वारम्वार हाम्रो घरमा आउँथ्यो, दिक्पालको ल्यापटपमा उसको फेसवुक पनि चलाउँथ्यो । अहिले थाहा भयो- ‘योजना वुन्नका लागि उ हाम्रो घरमा आउँदो रहेछ । दिक्पाल र विनीता एक अर्कालाई दिदी भाई मान्दै आएका छन् ।

बिहानको सेक्स मर्निङ वाक भन्दा अब्बल

आफ्नो जिउलाई तन्दुस्त बनाउन तथा मोटोपन र अन्य स्वास्थ्य समस्याबाट बच्नको लागि मर्निङ वाक गर्ने आम प्रचलन छ ।
कतिपयले मर्निङवाक सँगै विहानीपख कसरत पनि गर्दछन् ।
मर्निङ वाक वा कसरत दुबै स्वास्थ्यका लागि फाइदाजनक नै छन् । तर बढि परिश्रम विना नै स्वास्थ्यलाई फाइदा पूराउने अर्को कर्मको बारेमा चाहीँ हामी धेरैलाई पत्तो नहुन सक्छ ।
विज्ञहरुले बिहानीपख सेक्स गर्नु मर्निङ वाक वा व्यायाम भन्दापनि हितकर हुने बताएका छन् । बिहानीपखको सेक्सले सरीरका मांसपेसीलाई तन्दुरुस्त बनाउनुका साथै, रक्तसंचार र मुटुलाई समेत स्वस्थ राख्छ ।
क्यानडाको क्विन्स विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले बिहानी सेक्सका अरु विभिन्न फाइदा समेत पत्ता लगाएको छ । जो निम्नानुसार छन् ः
१. बिहानी सेक्सले माइग्रेन जस्तो टाउको दुख्ने समस्यालाई समेत कम गर्छ ।
२. सेक्सको समयमा एक घण्टामा ३ सय क्यालोरी इनर्जी खर्च हुन्छ, जसका कारण व्यक्तिमा मधुमेह हुने खतरा पनि कम हुन्छ ।
३. बिहानी सेक्सले सरीरमा रक्तसंचार सन्तुलित गर्छ र उच्च रक्तचापको खतरा कम गर्छ ।
४. कण्डम नलगाइ गरिने सेक्सले मानिसलाई प्रफुल्लित बनाउनुका साथै डिप्रेसनबाट पनि टाढा राख्दछ ।
५. जोर्नी दुख्ने तथा अन्य हाडजन्य रोग पनि बिहानी सेक्सले कम गर्दछ ।
६. बिहानी सेक्सले व्यक्तिमा प्राकृतिक प्रफुल्लता भर्दछ ।
७. सेक्सका क्रममा व्यक्तिमा त्यस्तो हर्मोन निस्कन्छ जसले उसको कपाल समेत चमकदार तथा सिल्की बनाउँछ ।
८. बिहानी सेक्सका क्रममा सरीरमा रोगप्रतिरोधी प्रोटिनको उच्च उत्पादन हुन्छ जसले मानिसको रोगप्रतिरोधी क्षमता बढाउँछ ।
९. बिहान ढिलो उठ्ने अल्छि मानिसलाई बिहान सबेरै उठ्ने र फुर्तिलो बनाउने एक अचुक उपाय हो बिहानी सेक्स ।

अन्तरीक्ष विज्ञानमा चीनको महान उपलब्धी

अन्तरिक्ष विज्ञानमा द्रुत विकाश गरिरहेको चीनले आफ्नो अन्तरीक्ष यात्रामा निकै महत्वपूर्ण उपलब्धी हात पारेको छ ।
चीनले पहिलोपटक आफ्नो एक मावनयुक्त अन्तरीक्षयानलाई निर्माणधिन अन्तरिक्ष प्रयोगशालासँग आबद्ध गर्न सफल भएको हो । केही दिनअघि प्रक्षेपण गरिएको शेन्जो-९ नामको मानवसहितको अन्तरीक्षयानलाई तियांगोङ अन्तरीक्ष प्रयोगशालासँग  डकिङ (संयोजन) गरिएको हो । स्मरण रहोस् सन् १९६० को दशकमा अमेरिका र रुसले यस्तो सफलता हासिल गरिसकेका थिए ।
अन्तरीक्ष स्टेशन बनाउने चीनको प्रक्रियामा यो कदम निकै महत्वपूर्ण मानिएको छ । चीनले सन् २०२० सम्ममा अन्तरिक्ष स्टेशन बनाउने तयारी गरिरहेको छ ।
अन्तरीक्ष प्रयोगशालासँग आबद्ध भएको उक्त अन्तरीक्षयानमा चीनकी पहिलो महिला अन्तरीक्षयात्री लिओ येंग तथा अन्य दुइ यात्री जिंग हाइपेंग र लिओ वैंग छन् । डकिङको प्रक्रिया सफल भएपछि तिनै जना मुस्कुराएको दृश्य चिनिया सरकारी टेलिभिजनले प्रशारण गरेको थियो ।

Sunday, June 24, 2012

फेसबुकले किन्यो फेस डट्कम्

सामाजिक संजाल फेसबुकले अनुहार चिन्ने सफ्टवेयर बनाउने कम्पनी फेस डटकम ६ करोड डलरमा किनेको छ ।
फेसबुकका प्रयोगकर्तालाई अनुहार चिन्न र ट्याग गर्न चाहिने सफ्टवेयर उपलब्ध गराउँदै आएको इजरायली कम्पनी फेस डटकमलाई हालै फेसबुकले खरिद गरेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
साढे ५ देखि ६ करोड रुपैयाँमा फेसबुकले फेस डटकम कम्पनी किनेको सूत्रको दावी छ । तर दुवै पक्षले लेनदेनबारे केही उल्लेख गरेका छैनन् ।
फेस डटकमका संस्थापक गिल हि्रसले कम्पनीका स्टाफ अबदेखि फेसबुकका स्टाफका रुपमा परिणत भएको बताएका छन् । नयाँ कदमले फेस डटकमले अझै उन्नत प्रबिधिको बिकाश गर्ने उनले बताएका छन् ।
तेलअभिभमा कार्यालय रहेको फेस डटकमले सन् २००९ बाट मात्र सफ्टवेयर निर्माण सुरु गरेको थियो । यसले बिभिन्न एप्लिकेसन निर्माताहरुलाई पनि सघाउँदै आएको थियो ।
यसअघि फेसबुकले गत अपि्रलमा १ बिलियन डलरमा इन्टाग्राम नामक कम्पनी किनेको थियो ।

Saturday, June 23, 2012

लामखुट्टेजस्तो रोबोट

अमेरिकी सेनाले आफ्नो सामरिक क्षमताको विकाश गर्ने क्रममा निकै अनौठो रोबोटको निर्माण गरेको छ ।
लामखुट्टे जस्तै आकारको रहेको उक्त रोबोट अमेरिकाको आतंकवाद विरोधी लडाइँमा प्रयोग गर्ने मनसायले तयार पारिएको हो ।
अत्याधुनिक प्रविधियुक्त उक्त रोबोट मानवरहित विमानमा प्रयोग गरिने बताइएको छ । यो रबटले मानव रहित विमानमा लामो उडान भरी आतंकवादी गतिविधिको अवलोकन गर्ने तथा आक्रमणका गतिविधिलाई पनि निर्देशित गर्ने बताइएको छ ।
साथै यो रोबोट गुप्तचर सम्बन्धि सूचना संकलनमा समेत प्रयोग हुन सक्ने बताइएको छ ।
अमेरिकाले यसअघि पनि यस्तै विचित्र खालका प्रविधिको विकाश गरी आकाशमा उडाएर गुप्तचर सूचनाहरु संकलन गर्ने र चोर्ने गरेको आरोप लाग्दै आएको छ ।
यो लामखुट्टे रोबोट आउँदो २०१५ सम्ममा प्रयोगमा ल्याइसकिने बताइएको छ ।

एप्पलसँग जोरी नखोज्न माइक्रोसफ्टलाई आग्रह

विश्वको चौथो ठूलो कम्प्युटर निर्माता कम्पनी एसरले कम्प्युटर हार्डवेयरको क्षेत्रमा एप्पलसँग जोरी नखोज्न र सफ्टवेयरकै क्षेत्रमा ध्यान केन्दि्रत गर्न माइक्रोसफ्टलाई सल्लाह दिएको छ ।
एप्पलको आइप्याडलाई चुनौति दिन भन्दै नयाँ ट्याब्लेट सार्वजनिक गरेको माइक्रोसफ्टलाई एसरले यस्तो सल्लाह दिएको हो । एकदुइ प्रडक्ट बजारमा ल्याउँदैमा माइक्रोसफ्टले एप्पलसँग प्रतिस्पर्धा गर्न नसक्ने एसरको भनाइ छ । आफ्नो सफ्टवेयर पार्टनर समेत रहेको माइक्रोसफ्टलाई एसरले यस्तो सल्लाह दिनुलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।
एसर कम्पनीका वरिष्ठ उपाध्यक्ष ओलिभर अहरेन्सले माइक्रोसफ्टले एप्पलका केही रणनीति चोर्न खोजेको भएपनि ऊ सफल हुनेमा आशंका रहेको बताए । केबल २ वटा प्रडक्ट बजारमा ल्याउँदैमा हार्डवेयरको खेलाडि बन्न नसकिने उनको भनाइ छ । बजारमा ल्याउन थालेको विन्डोज ८ लाई कसरी उपभोक्ताहरुको बीचमा लोकपि्रय बनाउने र उपभोक्ता चाहना अनुसार ढाल्ने भन्ने कुरातर्फ नलागी नयाँ युद्धमैदानमा माइक्रोसफ्ट उत्रिएकोमा पनि उनले दुख व्यक्त गरेका छन् ।